सहारा एकेडेमीले चौंथो ब्याचका लागि खेलाडी भर्ना गर्ने
पाेखरा | चैत १६, २०७९
पोखरा: पोखरामा अवस्थित सहारा क्लब पोखराले संञ्चालन गर्दै आईरहेको सुर्य बहादुर केसी मेमोरियल सहारा छात्रबास फुटबल एकेडेमीका लागि चौंथो ब्याचको प्रशिक्षार्थी बालकहरुको नयाँ भर्ना गर्ने भएको छ ।
सहारा क्लब पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै २०८० साल बैशाखबाट नयाँ भर्ना गर्ने निर्णय गरिएको जनाएको छ ।
यस अघि तीन ब्याज ०५८ र ०६१ र ०७० सालको एकेडेमीको सफल अनुभबलाई सँगाल्दै यस पटक चौंथो ब्कोयाच बालक प्रशिक्षार्थीहरु भर्ना गर्न लागिएको क्लबले जनाएको छ ।
तेश्रो ब्याचको पहिलो चरणमा १२ कक्षा उत्तिर्ण भएका १० प्रशिक्षार्थी बालकहरुलाई पास आउट गरेको र ०७० सालको तेश्रो ब्याचका अब बाँकी १३ जना प्रशिक्षार्थीहरु उनीहरुको कक्षा १२ को परीक्षा समाप्त भएपछि जेठ महिनाको अन्तिम हप्ता पास आउट गरी आगामी नयाँ शैक्षिक सत्र देखि चौंथो ब्याच भर्ना गर्ने कार्य योजना बनाएको क्लबले जनाएको छ ।
एकेडेमीबाट उत्पादित प्रशिक्षार्थीहरुमध्ये पूर्व राष्ट्रिय फुटबल कप्तान अनिल गुरुङ एक हुन् । त्यस्तै नेपाल पुलिस क्लबमा अजित भण्डारी, नेपाली सेनामा कार्यरत नविन श्रेष्ठ,नेपालको ए डिभिजन सातदोबाटो क्लब अनुबन्धित सुशिल लामा,मनाङ मर्स्याङ्दी क्लबका अनिल पोमु लिम्बु सहारा एकेडेमीकै उत्पादन हुन् ।
हाल एकेडेमी प्रशिक्षक प्रल्हाद हिराचन, हालका उदयवान प्रशिक्षक बिष्णु गुरुङ र पूर्व राष्ट्रिय फुटबल खेलाडी लक्ष्मण जिसी पनि एकेडेमीका उत्पादन हुन् ।
नेपालको फुटबल ईतिहासका नक्षत्र स्व डम्बरसिह गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी स्व.बिल तामाङ,पूर्व राष्ट्रिय फुटबल प्रशिक्षक किरण श्रेष्ठ एकेडेमीका प्रशिक्षक थिएँ ।
वार्षिक कुल ३० लाखको हाराहारीमा खर्च हुने उक्त एकेडेमीको मुलश्रोत सुर्य बहादुर केसीको परिवारजनबाट १५ लाख वर्षेनी प्राप्त भईरहेको र क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकप, देउसी भैलो कार्यक्रम,विभिन्न शुभेच्छुक शुभचिन्तक दाता र बिशेषतः सहारा युके, सहारा हङकङ र सहरा अष्ट्रलिया समेतको बिशेष सहयोग र एकेडेमी कै निरन्तरताको निम्ति गठन गरिएको अक्षय कोषमा संकलित रकम नै यो एकेडेमीको मुलश्रोत रहेको क्लबले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

